वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

0
27

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
आज बुधबार नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०८१÷०८२ को स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी भएको हो ।
पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा मूल्यांकनको आधारमा ३ वटा स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिएको थियो । पुरस्कृत हुनेहरुमा पथरी नगर अस्पताल, हसन्दह स्वास्थ्य चौकी र शनिश्चरे स्वास्थ्य चौकी क्रमशः प्रथम, दोस्रो र तेस्रो भई पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रमको औचित्यबारे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आफ्ना भनाइहरु राख्नुभयो भने स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरे, बागमती सेवा समाज प्रदेश नं. १ का प्रमुख मुक्ती खनालले आफ्ना सारगर्भिक भनाइहरु राख्नुभयो । कार्यक्रममा वडाध्यक्षहरु नैना राई, भिमकुमार राई, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्य मिना योञ्जन, कल्पना तामाङ, नगरका आधारभूत स्वास्थ्य केन्द्रका फोकल पर्सनहरु र नगरका निजी अस्पतालका सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here