दमकमा स्विप अपरेशन : लागुऔषध सेवनकर्तासहित आठ जना पक्राउ

0
52

झापा, इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट खटिएको टोलीले स्विप अपरेशन क्रममा आठ जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब ८ः३० बजेदेखि सञ्चालन गरिएको अपरेशनमा रतुवा खोलाको बाँध क्षेत्रमा लागुऔषध सेवन गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
प्रनाउ किशोर लम्सालको नेतृत्वको टोलीले दमक–७ स्थित घटनास्थल इप्रका दमकबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्ने जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इप्रका दमकमा राखिएको छ।
पक्राउ परेकाहरुमा ः
१. दमक–६ बस्ने ३७ वर्षीय पप्पु रनपहेली
२. केही समयदेखि सोही क्षेत्रमा बस्दै आएका ३२ वर्षीय टिका प्रसाद भट्ट
३. मोरङ, विराटनगर–१८ बस्ने २३ वर्षीया रोशनी दास
४. सोही क्षेत्रमा बस्ने ३२ वर्षीया रेनु देवी दास
५. त्यही क्षेत्रकै २३ वर्षीया बर्षा दास
६. गौरादह नगरपालिका–३ बस्ने २५ वर्षीया सरिता राजबंशी
७. दमक–५ बस्ने ३८ वर्षीय रितबहादुर नेपाली
८. सोही क्षेत्रमा बस्ने २४ वर्षीय विष्णु कुमाल

प्रहरीका अनुसार लागुऔषध नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथामका लागि स्विप अपरेशन निरन्तर जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here