निर्वाचन आयोगले समानुपातिकतर्फ बन्द सूची पेश गर्ने समय सीमा तोक्यो

0
41

काठमाडौं, निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने म्याद निर्धारण गरेको छ। आयोगले मंसीर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक दलहरूले निवेदन पेश गर्न सक्ने जनाएको हो।
आयोगका अनुसार कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा पुगेर निवेदन दिनुपर्ने छ। यससम्बन्धी सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ।
समानुपातिक प्रणालीमा भाग लिन चाहने दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ अनुसारको ढाँचामा निवेदन तयार पारी पेश गर्नुपर्नेछ। साथै, निवेदनमा दलको केन्द्रिय समितिको निर्णयका आधारमा अधिकार प्राप्त पदाधिकारीले हस्ताक्षर अनिवार्य रूपमा गरिदिनुपर्ने आयोगले स्पष्ट पारेको छ।
यसैगरी, उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ अलग्गै दल दर्ता गराउन नपर्ने आयोगले जनाएको छ।
आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै आयोगले आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here