सुन्दरहरैंचा(मोरङ) : सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनल प्रवेश गरेको छ । आज गाइघाट युनाईटेड फुटबल क्लब र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी थिए । 
निर्धारित समय सम्म पनि सहलेश युवा क्लब सिराहाले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल गर्ने सकेन । यो सङै १-० को अन्तरले गाइघाट युनाईटेड फुटबल क्लबले फाइनलको यात्रातय गरेको हो । आजको ‘म्यान अफ द म्याच’ गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर ८ का विवेद राई भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
दोस्रो सेमिफाइनलमा गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच सेमिफाइनल खेल भोली दिउँसो २ बजे बाटसुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ ।






























