पोखरीमा डुबेर महिलाको मृत्यु

0
36

मोरङ,  मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा एक महिलाको डुबेर मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजे पोखरीमा एक महिलाको शव भेटिएसंगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी मझारेबाट प्रहरी निरीक्षक शेखर कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी महिलाको शव परीक्षणका लागि कोशी अस्पताल पठाएको थियो । मृत भेटिएकी महिला जहदा गाउँपालिका–४ बस्ने ६० वर्षीया डोम्ना महतो भएको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here