बिर्तामोड, कियाले बिर्तामोडमा नयाँ स्वरूपको शोरूम औपचारिक रूपमा पुनःसञ्चालन गरेको छ।
नेपालका लागि एकमात्र अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको शोरूमको उद्घाटन बिर्तामोडमा विशेष समारोहबीच आज गरिएको हो ।
कन्टिनेन्टल ग्रुपकी निर्देशक रेखा घिमिरेले सो रुमको उद्घाटन गरिन् । 
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका उप–महाप्रबन्धक मनजीत पोखरेल, मार्केटिङ प्रमुख विवेक लेखक, सेवा प्रमुख अमित चौधरी, मार्केटिङ अफिसर निरात न्यौपाने, किया गैरिधारा सहायक प्रबन्धक राकेश विश्वकर्मा, बिर्तामोड शोरूम प्रबन्धक ममता रजबंशी, बिराटनगर शोरूम प्रबन्धक कुशल लामिछाने, किया बिर्तामोड टिमका सदस्यहरू, एनवाईईएफका अध्यक्ष गणेश पौडेलल र निर्वतमान अध्यक्ष प्रवेश वस्नेतको आतिथ्यमा कार्यक्रम भएको थियो ।
शोरूम पुनःसञ्चालनसँगै बिर्तामोड शाखाको पूर्ण व्यवस्थापन अब आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गर्ने जनाइएको छ । कार्यक्रममा स्थानीय ग्राहकलाई स्वच्छ, एकीकृत र विश्वसनीय ब्रान्ड अनुभव प्रदान गर्ने कम्पनीले जनाएको जानकारी दिएको छ ।
नवीन रूपमा सञ्चालनमा आएको शोरूममार्फत ग्राहकहरूले लोकप्रिय तथा नयाँ किया मोडेल एउटै छानामुनि अवलोकन तथा खरिद गर्न सक्नेछन् । सुव्यवस्थित सेवा सुविधा, सुधारिएको ग्राहक–टचप्वाइन्ट तथा आधुनिक कार्यप्रणाली शोरूमको विशेषता रहेको कम्पनीले बताएको छ।
यसपटकको पुनःसञ्चालनको मुख्य आकर्षण भनेको सम्पूर्ण महिला टोलीद्वारा सञ्चालन हुने अटोमोबाइल शोरूम हो, जसले अटोमोबाइल क्षेत्रमा समावेशी नेतृत्व र कार्यस्थलको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटनसँगै डिसेम्बर ८ देखि १० सम्म किया एक्सचेन्ज क्याम्प सञ्चालन भइरहेको बिर्तामोड शोरूम प्रबन्धक ममता रजबंशीले जानकारी दिइन् । एक्सचेन्ज क्याम्पमार्फत सवारी साधन सटही गर्ने ग्राहकले विशेष अफर पाउनेछन् ।
कार्यक्रममा कियाले सोनेट भेरियन्टसमेत सार्वजनिक गरेको थियो । कियाले नेपालभर सेवा सञ्जाल विस्तार गर्दै ग्राहक–केन्द्रित सेवा र दीर्घकालीन प्रतिबद्धतामा आफू दत्तचित्त रहेको कम्पनीले जनाएको छ ।































