इलाम , भदौ २४ र २५ गते जेनजी आन्दोलनको नाममा सरकारी कार्यालयहरु, सार्वजनिक तथा नीजि सम्पत्ति तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरि पक्राउ पूर्जी जारी भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलनको आयोजना गरि १५ जना पक्राउ गरिएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले अनुसन्धानको पहिलो चरणमा १५ जना पक्राउ गरिएको बताएका छन् । पहिलो चरणमा सिन्धुली जिल्ला अदातल, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा आगजनी गर्ने व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको उनले बताएका छन् ।
पक्राउ पर्नेमा कनपा ६ धुराका २० वर्षिय सुजन शाह, कमलामाई नगरपालिका वडा नं. ८ का ३६ वर्षिय रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका वडा नं. ५ का ४७ वर्षिय फौद बहादुर थापा मगर, सर्लाहीका रामनगर गाउँपालिका ६ घर भई सिन्धुलीमा पप्पु किचेन डेकोर भाँडा पसल सञ्चालन गर्ने २५ वर्षिय पप्पु कुमार शाह, कमलामाई नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षिय रवन चौधरी, कमलामाई नगरपालिका १२ का ३१ वर्षिय क्षितिज श्रेष्ठ, भारतको सितामढी घर भई कमलामाई नगरपालिका ६ धुराबजार बस्ने २२ वर्षिय देवनन्दन शाह, कमलामाई नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षिय सविन लामा रहेका छन् ।




























