पथरीमा अवैध यौनधन्दा बढेको स्थानीयको गुनासो

0
100

छविराज ढकाल,
पथरी शनिश्चरे।

पथरीशनिश्चरे क्षेत्रका केही होटल–लजहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीयवासीको गुनासो बढेपछि इलाका प्रहरी कार्यालय पथरीले नियमित सर्च अपरेसनलाई तीव्रता दिएको छ।

पछिल्लो केही सातादेखि पथरी, शनिश्चरे लगायतका क्षेत्रहरूमा अवैध यौन धन्दा र गतिविधिहरू बढेको भन्दै स्थानीयबाट गुनासो आएको थियो।

इलाका प्रहरी कार्यालय पथरीले दिन र रात दुवै समयमा हुने त्यस्ता अवैध घटनाहरूलाई नियन्त्रणका लागि सर्च अपरेसन जारी राखेको जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा अवैध यौन धन्दा, लागू पदार्थ ओसारपसार, तथा अन्य अपराधिक घटनाहरू नियन्त्रणका लागि प्रहरी गस्तीलाई नियमित गरिरहेको छ ।

यस क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राखी प्रहरी गस्ती र विशेष निगरानी बढाइएको पथरी इलाका प्रहरी कार्यालय पथरिका डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो।

पथरीमा विशेष सेटिङमार्फत कार्यरत कर्ल गर्ल्स मार्फत होटल तथा लजहरूमा अवैध यौन क्रियाकलाप हुँदै आएको आशंका गरिएको छ। यसैबीच पथरी प्रहरीले सर्च अपरेसनका क्रममा केही होटलका गतिविधिहरू शङ्कास्पद मानेपछि होटल मालिकहरूको कागजी र कानुनी आधारहरू जाँच गर्दै आवश्यक कारबाही अघि बढाउने तयारी गरेको जनाइएको छ ।

यौनधन्दा नियन्त्रणका लागि होटल व्यवसायी, स्थानीय र प्रशासनबीच समन्वय आवश्यक रहेको छ । यस अघि भदौ महिनामा पनि गोप्य सूचनाकै आधारमा प्रहरीले अवैध यौन धन्दामा संलग्न केहीलाई नियन्त्रण लिई कारबाही अगाडि बढाएको थियो।

यता,स्थानीयवासीले राति अबेरसम्म कोठा बुकिङ, अपरिचित व्यक्तिको आवत–जावत र दुर्गन्धपूर्ण गतिविधिका कारण त्रास बढेको गुनासो गरेका छन्। प्रहरीले अवैध क्रियाकलाप भएका स्थानहरू पहिचान गर्नकै लागि गोप्य निगरानीसहित विशेष अपरेसन निरन्तर जारी राखेकाले सूचना दिएर सहयोग पुर्‍याउन पनि पथरी शनिश्चरेबासीलाई अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here