शनिश्चरे बहुमुखी क्याम्पसमा सहनशिलको सचेतना कार्यक्रम

0
56
अर्जुनधारा ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन बुधबार झापाको अर्जुनधारा नगरपालिका–८स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुख्य नारासहित अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि निवर्तमान कोशी प्रदेश सभा सदस्य वृख प्रधानले उद्घाटन गरेका थिए ।
संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा , क्याम्पस लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेल, पूर्व क्याम्पस प्रमुख नारायणप्रसाद पौडेल, संस्थाकी सल्लाहकार मिश्राकुमारी राईलगायतले लैंङ्गिक हिंसाको विषयमा आफ्नो धारणा राखेका थिए ।
filter: null; fileterIntensity: null; filterMask: null; hdrForward: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: remosaic;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 28;
सहजकर्ता अधिवक्ता कोपिला बस्नेतले सहजिकरण गरेको कार्यक्रममा ७५ जना बढी विद्यार्थीको सहभागिता रहेको थियो । संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रमको सञ्चालन कर्मचारी निर्मला राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here