सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप २०८२ मा ह्विलचेयर सहयोग गर्ने भिमा खतिवडालाई सम्मान गरिएको छ।
गछिया युवा समाजको आयोजनामा सम्पन्न प्रथम गछिया गोल्डकपको समापन कार्यक्रममा फरक क्षमताका भएका दुई जनालाई ह्विलचेयर प्रधान गरेर सहयोग पुर्याउने राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव खतिवडालाई सम्मान गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिए।
ह्वीलचेयर सुन्दरहरैंचा–६ की मैनादेवी विश्वकर्मा र वडा नम्बर ५ की चन्द्री धामीलाई खेल मैदानमै लगेर वितरण गरिएको थियो भने एनी प्रथम गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति युवा क्लब इटहरीले जितेको थियो।






























