कमल प्याब्सनको सांस्कृतिक कार्यक्रम सम्पन्न

0
27

कमल ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन) कमलद्वारा आयोजित पालिका स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कमल ३ स्थित निहारीका अंग्रेजी विद्यालयको प्राङ्गणमा भएको गायन तथा नृत्य प्रतियोगिता कार्यक्रममा ११ वटा विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा क्लासिकल नृत्य तर्फ प्रथम कमल ३ स्थित निहारीका अंग्रेजी विद्यालय द्वतिय कमल ६ स्थित सनसाइन बोर्डिङ स्कूल तृतिय कमल ४ स्थित फोनिक्स बोर्डिङ स्कूल भएको छ ।

त्यसैगरी साँस्कृतिक नृत्य तर्फ कमल ३ स्थित प्रथम निहारीका अंग्रेजी विद्यालय द्वतिय कमल ६ स्थित साउथपोल बोर्डिङ स्कूल र तृतिय कमल ४ स्थित फोनिक्स बोर्डिङ स्कूल भएको आयोजकले जनाएको छ ।

त्यस्तै १२ वर्ष माथिको गायन तर्फ प्रथम साउथपोल बोर्डिङ स्कूल कमल ६,द्वतिय स्टार बोर्डिङ स्कुल कमल ५ र तृतिय पाथिभरा बोर्डिङ स्कूल कमल २ तथा १२ वर्ष मुनि गायन तर्फ प्रथम एभरग्रिन एकेडेमी कमल ७, द्धितिय निहारीका बोर्डिङ स्कूल कमल ३,तृतिय फोनिक्स बोर्डिङ स्कूल कमल ४ भएको प्याब्सन सचिव त्रिलोचन गौतमले जानकारी दिनुभयो ।

अभिभावकले समेत सामुदायिक र संस्थागत विध्यालयलाई उत्तिकै माया र विश्वस गर्नु भएको छ । संविधानमा समेत अभिभवाले आफुले चाहेको विध्यालयमा आफ्ना नानिहरु पढाउन पाउने व्यवस्था भएकोले पनि सामुदायिक र सस्थागात विध्यालयका कुनै भिन्नता नभएको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनुभयो ।

्सामुदायिक भन्दा संस्थागत विद्यालयमा अतिरिक्त कृयाकलाप धेरै हुने भएकोले विद्यार्थीले आफ्नो क्षमता प्रस्फुटन गर्न धेरै अवसर पाउने गर्दछन् । जसका कारण पछिल्लो समय संस्थागत विद्यालयलाई लाग्दै आएको आरोप समेत मिथ्या बन्दै गएको कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।

 


विद्यालयले सन्चालन गर्ने अतिरिक्त कृयाकलापले बालबालिकाको क्षमता प्रस्फुटन गर्न धेरै सहयोग गर्दछ । हरेक विद्यार्थीमा अन्तरनिहित क्षमता लुकेको हुन्छ । यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीलाई आफ्नो क्षमताप्रदर्शन गर्न ठुलो सहयोग पुग्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा प्याब्सन कोशी प्रदेश सचिव गौरिमान फागो,व्याब्सन जिल्ला समिति सदस्य युवराज बराल, प्रमुख सल्लाहकार बदिराम राई, सदस्य जिवयसेन थापा, प्याब्सनका केन्द्र ,प्रदेश, जिल्ला र गाउँसमितिका पदाधीकारी र प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here