नाबालिकालाई प्रलोभनमा पारेर अपराध, भद्रपुरमा एक अभियुक्त समातिए

0
4

झापा । झापाको भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय विवेक राई रहेका छन् । सोही घटनामा सम्लग्न अर्का एक युवा फरार रहेकाले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।
गत मंसीर २८ गते दिउँसो भद्रपुर नगरपालिका–५ मा रहेको एक घरमा १५ र १३ वर्षीया दुई जना नाबालिकालाई बोलाई फरक–फरक कोठामा लगेर उनीहरुले जबरजस्ती करणी गरेको उजुरीका आधारमा राई पक्राउ परेका हुन् ।
घटनापछि पीडित पक्षले जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
घटनामा संलग्न अर्का अभियुक्त अक्षय सापकोटा भनिने व्यक्ति फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले पीडित नावालिकाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गर्दै कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
नाबालिकामाथि भएको जबरजस्ती करणीको घटनाले समाज स्तब्ध बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here