कमल ।

झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्थाको २९ औं वार्षिक साधारण सभा अन्तरगत एकाई २ मा पर्ने केर्खा एकाइको आज साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सम्पन्न साधारण सभाको सस्थाकी सदस्य तथा समाजसेवी शान्ता उप्रेती दाहाले उद्घाटनगर्नु भएको थियो । २०५२ सालमा स्थापना भएको सस्थामा २०८२ साल आषाढ मसान्त सम्ममा १ लाख ९२ हजार २ सय ४० जना शेयर सदस्य रहेका छन् भने संस्थाले ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ ।
वित्तिय अवस्था अत्यन्त मजवुद रहेको यस सस्थाको शेयर पुँजी १ अर्व ६९ करोड ७५ लाख, जगेडा कोष १ अरब ३२ कडोर ६८ लाख, बचत १४ अर्व १५ करोड ७६ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व ४७ करोड २७ लाख रुपैया कारोवार गरी ०८२ साल असार मसान्त सम्ममा संस्थाको वासलात १८ अर्व ५६ करोड ५८लाख रुपैया पुगेको सस्थाका सञ्चालक समिति सदस्य शंकर प्रसाद रिजालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी पछिल्लो राजनितिक अस्थिरता, सामाजिक मनोबलमा गिरावट र सहकारी प्रतिको धारणा नकरात्मक भईरहेको अवस्थामा समेत सस्थाले यस वर्ष ३२ करोड ५ लाख संचालन मुनाफा गर्न सस्था सफल रहेको बरिष्ठ प्रवन्धक मुकुन्द सेन कार्कीले प्रस्तुत गर्नुभएको वाह्य तथा अन्तरिक लेखा परिक्षण प्रतिवेदमा उल्लेख गरिएको छ ।

सस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतगरी सबै भन्दा धेरै व्याज प्राप्त गर्ने समुह नम्वर १३९ की सदस्य अप्सरा पौडेल तथा उत्कृष्ट ऋणीमा समुह नम्वर ६ की देबी श्रेष्ठलाई सम्मान प्रत्र द्वारा पुरस्कृत गरिएको सेवा केन्द्र केर्खाका प्रमुख विकास गिरीले जानकारी दिनुभयो ।
सोहि अवसरमा सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अतरर्गत सदस्यको मृत्यु पछि कर्जा मिनाह र दशकर्म का लागी समुहकी सदस्य तिलमती लिम्बुलाई २ लाख ७० हजार कर्जा मिनाह र २५ हजार दशकर्मकालागी गरी जम्मा २ लाख ९५ हजार रुपैयाको उपलब्ध गराईएको थियो ।
भने समुह नम्बर ६० की सदस्य रमिला ठकुरी का श्रीमानको मृत्यु भएकोले २ लाख ७० हजार रुपैयाको कर्जा मिनाह गरिएको सेवा केन्द्र प्रमुख गिरीले बताउनुभयो ।
सेवा केन्द्र संचालक उपसमितीकी संयोजक उर्मिला रिजालको अध्यक्षतामा भएको सभामा उपस्थित अतिथी तथा सहभायीलाई उपसमिती सदस्य देबीमाया बस्नेतले शब्द द्वारा स्वागगर्नु भएको थियो भने कार्यक्रम तुलसी तिवारीले संचालन गर्नु भएको थियो ।






























