पूर्वेली समाचार प्रालिले मनायो प्रथम वार्षिकोत्सव

0
49

बिर्तामोड ।

पूर्वेली समाचार प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ ।

गणेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।

एक वर्षको अवधिमा पूर्वेली समाचारले खेलेको भूमिकाको विषयमा प्रकाश पार्दै प्रालिले आगामी दिनमा गर्ने कामका विषयमा कोइलाले प्रकाश पारेका थिए । छोटो समयमा आम पाठक तथा दर्शकहरुको मन जित्न सफल भएको भन्दै सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी, ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल, बिर्तामोड–३ का वडा सदस्य हरि बाँस्कोटा,पत्रकार उमाकान्त खनाल, प्रदिप परियार, बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौला लगायतको आतिथ्य रहेको थियो ।

पूर्वेली समाचार प्रालिले विकास निर्माण, कृषि, उद्यम,शिक्षा, स्वास्थ्य, मनोरञ्जन, साहित्य, खेलकुद, राजनीति लगायतका सबै विषयलाई प्रथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको तथा ग्रामिण पत्रकारितालाई पहिलो प्राथमिकतामा राखेको भनदै सहभागि वक्ताहरुले प्रशंसा गरेका थिए ।

पूर्वेली समाचार प्रालिले टिममा रहेर गरेका काम र आगामी दिनमा यसलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा टिमको तर्फबाट नबिन बिमलीले जानकारी गराउँदै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन अच्युत सुवेदीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here