मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
39

मोरङ ।

मोरङमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे ११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम प्रसाद दासको मृत्यु भएको हो ।

सवारीको ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here