तीन जिल्लाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

0
35

विराटनगर ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १–०२–०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई दुई ग्राम एक सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल–६ का दिल कुमार राजवंशीलाई दुई ग्राम तीन सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा–१० का नरेश उराउलाई दुई ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ मा वेवारीसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here