झापा गाउँपालिकाबाट भारतीय माछा भित्रिने क्रम अझै रोकिएन

0
42

पार्थ मण्डल /झापा ।

झापा गाउँपालिकाबाट अवैध रूपमा भारतीय माछा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन । झापा गाउँपालिका– १ स्थित लसुना र रसुनगञ्ज नाकाबाट क्वारेनटाइन जाँच बिना भन्सार छलेर भित्राइएको माछा प्रहरीले पटक-पटक बरामद गरेपनि अझै सो गतिविधि रोकिएको छैन ।

यसैक्रममा आइतबार दिउँसो साढे १२ बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भित्राइएको १२० केजी माछा बरामद गरेको छ ।

प्रहरीले झापा गाउँपालिका-४ नयाँ बस्तीमा मोटरसाइकलमा हालेर ल्याएको अन्दाजी ५० हजार मुल्य बराबरको सिलङ माछा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत मंसीर २१ गते सोही नाकाबाट भित्राइएको ४१७ केजी माछा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कनकाई नगरपालिका–३ सवडिभिजन वन कार्यालयनजिकै बाटो छेउमा .झापा गाउँपालिकाबाट सवारीसाधनमा हालेर सुरुङ्गातर्फ लैजाने क्रममा प्रहरीले अन्दाजी मूल्य एक लाख ५० हजारको मुङ्ग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा बरामद गरेको थियो । बरामद गरिएको माछामध्ये मुङ्ग्री माछा नेपालमा प्रतिबन्धित हो।

माछा कारोबारीहरूले माछाको कार्टुन भारतीय सीमामै खोलेर झोलाका झोला माछा मोटरसाइकलमार्फत नेपाल भित्राएर भण्डारण गर्ने, त्यसपछि भण्डारण गरेका माछा ट्याम्पो तथा पिकअपमा हालेर सुरुङ्गा र बिर्तामोडका बजारसम्म पुर्‍याउने गरेको कारोबारी स्रोतको दाबी छ। सीमा क्षेत्रमा तैथान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका सशस्त्र प्रहरीकै मिलेमतोमा माछा भित्रिरहेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here