झापा, नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२६ का लागि नयाँ केन्द्रीय नेतृत्व चयन भएको छ । महाधिवेशनले जीवन कार्कीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी, झापाबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा धुलाबारी जेसीजका तर्फबाट योगेश राजवंशी निर्वाचित भएका छन् । राष्ट्रिय उपाध्यक्षमा वीरता लेडी जेसीजबाट पूर्व अध्यक्ष मेनुका ओली तथा बाहुण्डाँगी जेसीजका तर्फबाट पूर्व अध्यक्ष देबु बाँनिया निर्वाचित भएका छन् ।
महाधिवेशनले युवाको नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी कार्यकालमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचित पदाधिकारीहरूले संगठनलाई थप सशक्त, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन् ।































