झाँडीमा कष्टपूर्ण अवस्थामा भेटिएका युवकको मानवसेवा आश्रमद्वारा उद्धार

0
37

काठमाडौँ ।

महिनौंदेखि झाँडीमा कष्टपूर्ण अवस्थामा जीवन बिताइरहेका एक जना पुरुषलाई आइतबार मानवसेवा आश्रमको टोलीले उद्धार गरेको छ। मानसिक रोगले ग्रस्त अवस्थामा रहेका ती पुरुषलाई काठमाडौँ महानगरपालिका–६, बौद्ध रामहिटी क्षेत्रबाट उद्धार गरिएको हो।

स्थानीयवासीले उद्धारका लागि जानकारी गराएपछि मानवसेवा आश्रमको उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धार गरिएका २० वर्षीय युवकले आफ्नो नाम दोर्जे योञ्जन बताएका छन्। मानसिक रोगका कारण उनी विक्षिप्त अवस्थामा रहेको आश्रमले जनाएको छ।

उनले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा घर भएपनि घरमा कोही नभएकाले बेवारिसे अवस्थामा पुगेको बताएका छन्। उद्धारपछि मानवसेवा आश्रमले उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी सुरक्षित आश्रय प्रदान गरेको छ।

मानवसेवा आश्रमले आफ्ना लागि आफैं केही गर्न नसक्ने, असहाय तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, जीवन रक्षा र पुनर्स्थापनाका लागि २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here