भारत जान लागेका अमेरिकन नागरिक भद्रपुर नाकामा पक्राउ

0
66

झापा ।

बिना भिसा भारततर्फ जान लागेका एक अमेरिकी नागरिक पक्राउ झापाको भद्रपुर नाकामा पक्राउ परेका छन्।

आज दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो।

अमेरिकाबाट थाइल्यान्ड हुँदै नेपाल भ्रमणमा आएका क्युटीलोस्कीको भिसा म्याद सकिएको दुई महिना भइसकेको उनीसँग फेला परेको कागजातमा देखिन्छ। मानसिक सन्तुलनसमेत ठीक नभएको क्युटीलोस्की बिना भिसा भारत जान खोजेका थिए।

भारततर्फ जानुअघि नै यहाँका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालय काँकडभिट्टा पठाइसकेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here