नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

0
31

विराटनगर : नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।

सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

बिमा गर्नका लागि सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र, लाइसेन्स तथा सञ्चारगृहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्डमा सुनसरीका 314 जना सञ्चारकर्मीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको थियो। यस वर्ष उक्त बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनले जनाएको छ।

फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेल मा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबिच औपचारिक रूपमा बिमा सम्झौता गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here