झापा ।

आज डिसेम्बर ३१ तारिख अर्थात् सन् २०२५ को अन्तिम दिन हो।
भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै छ। विश्वभरि ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्षको उत्साहपूर्ण तयारी भइरहेको छ भने नेपालमा यसलाई स्वागत गर्दै छन् ।
विश्वका धेरै देशमा नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी, पार्टी र परिवारसँगको भेलाको रौनक हुने गर्दछ । नेपालमा भने आधिकारिक नयाँ वर्ष बैशाख १ गते (बिक्रम सम्बत अनुसार) मनाइने भए पनि ग्रेगोरियन नयाँ वर्षलाई पनि विशेष गरी शहरहरूमा उत्सवका साथ मनाउने चलन बढ्दै गएको छ ।
शहरी क्षेत्रमा आजको दिनलाई न्यु ईयर इभको रुपमा मनाउने गर्छन्। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहा, इलामको कन्याम लगायत स्थलमा अंग्रेजी नयाँ वर्षको रमझम बढी देखिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा अंग्रेजी नयाँ वर्षको विशेष रौनक हुने गरेको छ ।






























