इलाम,

समयको कठोर मोडमा कोही रुँदा, कोही थकिँदा र कोही निराश बन्दै हिलो र धुलोमा ढल्कँदा, चुपचाप हात थापेर मानिसलाई उठाउने नाम हो — डम्बर खड्का। सामाजिक सेवामा अग्रसर, समुदायको पीडा आत्मसात गर्न सक्ने स्वभाव र व्यवहारकै कारण उनी इलाममा “दुःख–सुखका सारथि” भनेर चिनिन थालेका छन्।

अब यही मान्छे यो भन्दा ठूलो यात्रातर्फ अघि बढ्दैछन् – समुदायको आवाज लिएर संसद भवनसम्म पुग्ने तयारीमा। नेपाली कांग्रेस इलामका सभापति समेत रहेका खड्का आज केवल सामाजिक अभियन्ता मात्र होइनन्, आशा बोकेको राजनीतिक नेतृत्वको प्रतीक बनेका छन्। जेनजि हुँदै वृद्धबृद्धासम्म सबको भावना बुझ्ने नेता डम्बर खड्कालाई आज युवापुस्ताबाट विशेष समर्थन मिलिरहेको छ। कारण – उनी भाषण होइन, समय र सहानुभूति बाँड्छन्।

जेन–जी (युवा पुस्ता)का एक नेता भन्छन -“उनी हाम्रो कुरा सुन्छन्, हाम्रा सवाललाई मुद्दा बनाइदिन्छन्।” त्यहीबीच वृद्ध, किसान, श्रमिक र विपन्न परिवारले पनि उनीमाथि भरोसा राखेका छन्। किनकि डम्बर खड्काको काम केवल सहयोग बाँड्नु होइन, मान्छेको मन बुझ्नु हो।

पहाडको चुचुरोमा उक्लँदै पसिना बगाउने किसानदेखि सहरको गल्लीमा हात पसार्दै हिड्ने गरिबसम्म, चिन्ने नाम बनेको डम्बर खड्का आफैं सामान्य परिवारमा जन्मिए पनि अरूको पीडा आफ्नै जस्तो मानेर हिँड्ने उनको स्वभावका कारण स्थानीयको मन मुटुमा बस्न सफल भएका हुन ।

इलाममा विपत्ति पर्यो भने उनी पहिलोपटक घटनास्थलमा देखिन्छन्। कोही बिरामीको उपचार रोकियो भने समुदायबाट सहयोग जुटाउन अग्रसर हुन्छन्। असहाय बालबालिकाको पढाइ थामियो भने उनकै पहलमा साथ, हौसला र सम्भावना फिर्ता हुन्छ। त्यसैले इलामका बस्ती–टोलमा आज पनि सुनिन्छ — “डम्बर लाई भनौँ, उनले साथ दिन्छन ।” आगामी निर्वाचनमा इलामको प्रतिनिधित्व गर्दै संसद भवनसम्म पुग्ने लक्ष्य डम्बर खड्काले बोकेका छन्।

तर उनको भाषा प्रचारात्मक होइन जिम्मेवारीपूर्ण छ। उनको भनाइ “राजनीति सत्ता होइन, समुदायको पीडा बोकेर समाधानको बाटो खोज्ने जिम्मेवारी हो।” समाजसेवाको जमीनबाट उठेको नेतृत्व भएकाले उनीप्रति अपेक्षा पनि गहिरो छ। समुदायले दिएको मान ‘सबैको मनका नेता’ स्थानीयले भन्छन् – “डम्बर खड्का पदका कारण होइन, कामका कारण नेता बनेका मान्छे हुन्।” युवाहरूका लागि प्रेरणा,वृद्धबृद्धाका लागि आश्वासन, र विपन्नका लागि सहारा भएर उनीप्रति जनता-आधारित विश्वास बढ्दो छ।

इलामको मुटुभित्र लेखिएको परिचय आजको दिनमा इलामले उनलाई यसरी चिन्छ — मान्छे जोड्ने पुल, समुदायलाई समेट्ने हात, र आवाज नपुगेका ठाउँमा आवाज पु¥याउने व्यक्ति। अब यात्रा इलामका गल्ली र गाउँघरबाट देशको रजधानीसम्म विस्तार भइरहेको छ। एउटा नाम डम्बर खड्का दुःख–सुखका सारथि, र अब — संसदसम्म जनताको भावना बोकेर उभिन तयार नेता ।


























