सुनसरी ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार गएराति करिब १स्१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो ।
सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । स्थानीयको प्रर्दशनका कारण पूर्व–पश्चिम राजमार्गको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्र बन्द भएको छ ।
साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।






























