समस्या देखाउने भन्दा पनि समाधान खोज्ने युवाकाे आवश्यकता छ – प्रवक्ता वाग्ले

0
122

झापा।

झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा पालिका प्रवक्ता अनिल वाग्लेले अहिले समस्या देखाउने भन्दा पनि समाधान खोज्ने युवाको देशलाई आवश्यकता भएकाे बताउनु भएकाे छ ।

आलोचना वा आराेपमा लाग्नुभन्दा पनि देश समाजका समस्या समाधानमा युवाकाे ध्यान जानुपर्नेमा उहाँकाे जाेड छ । बुधबारेमा सम्पन्न लिडरशीप एकेडेमी तालिमको समापनमा बोल्दै उहाँले समाजकाे विकासमा सहि ढंगले युवाले लिडरसीप लिनुपर्ने बताउनुभयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ काे समन्वयमा २ दिवसीय युवा नेतृत्व विकास तालिम (लिडरशिप एकेडमी) बुधबार बुद्धशान्तिमा सम्पन्न भएकाे छ । सहारा नेपाल केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलकाे सहयाेगमा तालिम संचालन भएकाे हाे ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएकाे तालिमकाे सहजिकरण सहजकर्ता विनाेद दाहाल र कुशुम उप्रेतीले गर्नुभएकाे थियाे । सहारा नेपालका संचालक समिति सदस्य ध्यान बहादुर भारतीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।

उहाँले यो उमेरका युवा भाइ बहिनिहरू लाई सही दिशामा डोर्‍याउन नसक्दा र साथीभाइको दबाब, अभिभावकसँग संवादको कमी, डिजिटल माध्यममार्फत सहज पहुँच र पढाइ एवं जीवनको बढ्दो मानसिक तनावले विद्यार्थीलाई गलत बाटो रोज्न बाध्य समेत बनाइ रहेको बताउनु भयो ।

कार्यक्रममा बुद्धशान्ति १ का वडा अध्यक्ष वाग्लेले कार्यक्रम दिएर वडालाई सहयाेग गर्ने संस्था सहारा नेपाललाई धन्यवाद दिनुभयाे । उहाँले युवा समस्या देखाउने भन्दा पनि समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताउनुभयाे ।

उहाँले दिगाे विकास लक्ष्यसँग सम्बन्धित तालिम अहिलेकाे समयमा अति नै आवश्यक भएकाे समेत वताउनु भयाे । तालिममा वडा नम्बर १ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, राेङ गाउँपालिका र सुर्योदय नगरपालिकाका १८ देखि ३५ बर्ष उमेर समूहका ४० जनाकाे सहभनगिता रहेकाे थियाे।

कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती लगायतकाे आतिथ्यता थियो । तालिम एकदमै फलदायी रहेकाे सहभागीले बताएका छन् ।

तालिममा सहभागी हुनु भएका सहभागिहरूलाई कार्यक्रममका सभा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती, सहजकर्ता कुशुम उप्रेती, विनाेद दाहाल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here