बीज इन्टरनेशनल एजुकेसन सर्भिसमा मिनी लाइब्रेरी

0
86

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित बीज इन्टरनेशनल एजुकेसन सर्भिसले मिनी लाइब्रेरी स्थापना गरेको छ ।

पठनलाई जनजीवनसँग जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको पठन संस्कृति वर्ष २०२६ अभियानको पहिलो कार्यक्रमका रूपमा उक्त मिनी लाइब्रेरी स्थापना गरेको प्रवन्ध निर्देशक अशोक भण्डारीले जानकारी दिए ।

भण्डारीले पठन संस्कृति वर्ष २०२६ प्रति ऐक्बद्धता जनाउँदै पहिलो कार्यक्रमका रूपमा मिनी लाइब्रेरीको अवधारणा अघि सारिएको बताए । कार्यक्रममा पठन संस्कृति वर्ष २०२६ का कार्यक्रम संयोजक तीर्थ सिग्देलले अभियान केही समयअघि घोषणा गरिए पनि यसको प्रयोगात्मक शुरुवात जनवरी १, अङ्ग्रेजी नयाँ वर्ष २०२६कै दिन बीज इन्टरनेशनल एजुकेसन सर्भिसबाट भएको बताए ।

उनले यो अभियानमा सबैलाई जोडिन आग्रह गर्दै पठन संस्कृति वर्षलाई सामूहिक अपनत्वसहित अगाडि बढाउनुपर्नेमा जोड दिए । अभियानका अध्यक्ष प्रकाश गुरुङले पठन संस्कृति वर्ष २०२६ को पहिलो कार्यक्रमका रूपमा यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले जागरुक समाजले पठन संस्कृतिको महत्व बुझेर हरेक क्षेत्रमा मिनी लाइब्रेरीको अवधारणा विकास गर्दै गए समाज र राष्ट्रमा पठन संस्कृतिको स्वस्थ विकास हुने उल्लेख गरे ।

त्यस्तै, पठन संस्कृति वर्ष २०२६ का संयोजक तथा ईसा बुक सेन्टरका सञ्चालक केशव मैनालीले पठन संस्कृतिलाई राष्ट्रिय संस्कृतिका रूपमा रूपान्तरण गर्न पढ्ने बानीको विकास अपरिहार्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here