भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

0
37

झापा ।

झापाको मेचीनगरमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका ६ कालीखोला पुलस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १ –०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको पीबी ०२ बीआर ७७६५ नम्बरको मालवाहक भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा हुँदा स्कुटर चालक मेचीनगर ६ बस्ने अन्दाजी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here