चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लियो

0
104

झापा । बुद्ध एयरको जहाज चन्द्रगढी – भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।

अवतरणका क्रममा जहाज धावनमार्गभन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जहाज खोल्सीमै गएर रोकिएको छ ।

दुर्घटनामा जहाजमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको र कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि सुरक्षा सतर्कता अपनाउँदै आवश्यक प्राविधिक तथा अनुसन्धान कार्य अघि बढाइएको छ । विमानस्थलको उडान–अवतरण अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here