विराटनगर,

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका–११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोहि स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका–१ का संजय लिम्बू र अर्जुनधारा६ का लेखराज गुरुङलाई ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको धरान–१८ बाट इलाका प्रहरी कार्यालय धरानले ट्रामाडोल र स्पास्मो गरि जम्मा ९०० पिस सहित धरान–१० का युवराज कार्कीलाई र धरान– १३ बाट डाइजोपाम १८ एम्पुल सहित सोहि स्थानका सानु सुनुवारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































