बाल कल्याणका १५० जना विद्यार्थीलाई ट्रयाक वितरण

0
188
अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिका–६स्थित बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार एक कार्यक्रमकोबीच न्यानो ट्रयाक वितरण गरिएको छ ।
विद्यालयकी शिक्षक एवम् पत्रकार सञ्जु शिवाकोटी अधिकारी र शंकर अस्पतालका प्रबन्ध निर्देशक सुजन शिवाकोटीको संयुक्त पहलमा सामाजिक संस्था मिसन झापाले १ सय ५० जना विद्यार्थीलाई ट्रयाक वितरण गरेको प्रधानाध्यापक डम्बर यादवले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षता र मिसन झापाका अध्यक्ष माधवकुमार झाको प्रमुख आतिथ्यमा उक्त ट्रयाकहरु वितरण गरिएको हो । त्यसैगरी कार्यक्रममा संस्थाकोतर्फबाट विद्यार्थीहरुको लागि खेलकुद सामग्रीहरु पनि वितरण गर्ने अध्यक्ष झाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षक–अभिभावक संघकी सदस्य राधा वि.क, अक्षयकोषदाता नेत्र बिमलीलगायतले दातृ संस्थाको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए । प्रधानाध्यापक यादवले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मदनकुमार निरौलाले गरेका थिए ।
विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय मिसन झापामा हाल १७ सय जना सदस्य आबद्ध रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here