एकताबद्ध भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान

0
65

झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गते सम्पन्न बैठकले गरेका निर्णयको स्वागत गरेको छ ।
नेपाली कांग्रेस झापाको आज सम्पन्न पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै केन्द्रीय कार्यसम्पादन समितिले क्रियाशील सदस्यता सम्बन्धी तहगत सम्पूर्ण प्रक्रिया टुङ्ग्याउन निर्देशन दिँदै जारी गरेको परिपत्रलाई निर्धारित समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेद्वारा जारी विज्ञप्तिमा भनिएको छ– मिति २०८२÷०८÷१५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकबाट नियमित (१५ औँ) महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको छ भन्ने विषय पार्टी केन्द्रीय कार्यालयको मिति २०८२÷०९÷१८ को परिपत्रमार्फत स्पष्ट भइसकेको अवस्था पार्टीका सबै तहका इकाई तथा कांग्रेसलाई माया गर्ने सम्पूर्ण शुभेच्छुक, समर्थक र मतदातामा विदित नै छ ।
विज्ञप्तिमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन ११ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराई पार्टीलाई बहुमतसहित संसदमा पु¥याउन सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकताबद्ध भएर लाग्न आह्वान गरिएको छ ।

‘कांग्रेस अहिले फुटको मानसिकतामा होइन, जुटेर निर्वाचनमा होमिनुपर्ने अवस्थामा छ । देशको आवश्यकता र जनताको चाहना पनि नेपाली कांग्रेसको एकमना एकतामै केन्द्रित छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको आन्तरिक जीवनका विषयमा आ–आफ्ना धारणा भए पनि त्यसले आम निर्वाचनमा नकारात्मक असर पार्ने, नेता–कार्यकर्ता तथा शुभेच्छुकबीच भ्रम, अन्योल र द्विविधा सिर्जना गर्ने कुनै गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा अन्त्यमा भनिएको छ– अटुट एकताका साथ आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनलहर सिर्जना गरी पार्टीलाई विजयी गराउने अभियानमा सबै तहका नेता÷कार्यकर्ता तथा सम्पूर्ण लोकतन्त्रवादीहरूलाई आ–आफ्नो स्थानबाट विशिष्ट योगदान गर्न नेपाली कांग्रेस झापा हार्दिक अपिल गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here