बिर्तामोड ।

झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्य परिवारलाई नगद ५० हजार राहत सहयोग गरेको छ।
एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवाकेन्द्र अन्तर्गत शेयर सदस्य वसन्त राईको निधन भएपछि उनको बिर्तामोड -१० भुतेनीस्थित निवासमा पुगेर सहकारीले मृत्यु राहत बापत नगद ५० हजार रुपैयाँ प्रदान गरेको हो। स्व.राईका श्रीमती,छोरीलगायत परिवार समेत सैनिक सेवाकेन्द्रमा कारोबार गर्दै आएका छन्।
एनएमसी जेष्ठनागरिक सरोकार उपसमिति सदस्य मनु मुखिया, सैनिकबजार सेवा केन्द्रगत उपसमिति सदस्य रत्नबहादुर बस्नेत, सीतदेवी राई, भौगोलिक एकाइ उपसमिति संयोजक ओमबहादुर गुरुङ, राजन ढकाललगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको सदस्य सहजकर्ता चन्द्रबहादुर राईले
जनकारी दिइन्।
संस्थामा पाँच हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सक्रिय सदस्यको निधनमा संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताइएको छ। सामुदायिक कार्यक्रम अन्तर्गत संस्थाले गत आर्थिक वर्ष मात्र आफ्ना पाँच सय आठ जना सदस्यको निधनमा मृत्युु राहत बापत दुई करोड १६ लाख ६५ हजार रकम हस्तान्तरण गरिएको जनाइएको छ। कोशी प्रदेश कार्यक्षेत्र रहेको एनएमसीका एक लाख ७० हजारभन्दा बढी शेयर सदस्य रहेका छन्।































