पुराना जेनेरेटर बिक्री सम्बन्धमा सूचना

0
24

असल संस्कार र समृद्धिका लागि एनएमसी –

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योग , मेचीनगर-७, इँटाभट्टा

पुराना जेनेरेटर बिक्री सम्बन्धमा

प्रथमपटक प्रकाशित मिति: २०८२।९।२५


संस्थाको एनएमसी डेरी उद्योगमा सञ्चालनमा नरहेका पुराना जेनेरेटरहरु बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा सस्थाहरुले स्थलगत निरीक्षण गरी आफूले खरिद गर्न चाहेको मूल्य उल्लेख गरी दरभारु पेस गर्न हुन यो सूचना जारी गरिएको छ ।

क. जेनेरेटर विवरण :
Kirloskar Generators 5KVA
: २ थान
Generator 125 KVA
: १ थान
बुँदाहरु :
१. खरिदकर्ताले एनएमसी डेरी उद्योगमा स्थलगत निरिक्षण गरी आफूले खरिद गर्न चाहेको मुल्य उल्लेख गरी दरभारु पेस गर्नुपर्नेछ ।
२. खरिदकर्ताले दरभाउ पेश गर्दा ३ वटै जेनेरेटर खरिद गर्ने गरी दरभाउ पेश गर्नुपर्नेछ ।
३. उल्लिखित जेनेरेटर ढुवानी गरी लैजाने जिम्मेवारी सम्बन्धित खरिदकर्ताको हुनेछ ।
४. जेनेरेटरको स्थलगत निरीक्षण गर्न चाहेमा एनएमसी डेरी उद्योगको परिसर, मेचीनगर-८, इँटाभट्टामा गई गर्न सकिने छ ।
५. दरभाउ पेस गर्ने अन्तिम मिति २०८२ पुस २८ गते सोमबार कार्यालय समयसम्म तोकिएको छ ।
६. खरिदकर्ताहरुले पेस गरेको दरभाउमा सामग्री बिक्री गर्ने/नगर्ने वा बिक्री प्रक्रिया स्थगन गर्ने जस्ता सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

७. थप जानकारीका लागि सम्पर्क न : ९८५२६६२८०३

कर्पोरेट कार्यालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here