क्रिकेट प्रतियोगितामा सेमीफाइनलका खेल सुरु

0
31
अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–४स्थित रातेखालमा जारी प्रथम रातेखाल टी१० खुला नकआउट क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार क्वाटर फाइनल र सेमीफाइनलअन्र्तगतका चार वटा खेल सम्पन्न भएको छ ।
स्थानीय दहीझोडा सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको दहीझोडा खेलमैदानमा सम्पन्न भएको पहिलो खेलमा ड्रागन–११लाई ५९ रनले पराजित गर्दै बिर्तामोड राइजिङ–११ विजयी भएको हो ।
८२ रनको लक्ष्य पछ्याएर जवाफमा आएको ड्रागन–११ २२ रनमा सिमित भएको थियो । खेलमा सर्वाधिक ५ विकेट लिएका विजयी टिमका राजेश पूर्वे उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई प्रतियोगिताका मुख्य अम्पायर विजय राईले नगद पुरस्कारसहित मेडल प्रदान गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा एब्सुलेट युनाईटेडलाई ८ रनले पराजित गर्दै अर्जुनधारा क्रिकेट टिम विजयी भएको हो ।
७८ रनको लक्ष्य पछ्याएर जवाफमा आएको एब्सुलेट ६९ रनमा सिमित भएको थियो । खेलमा १८ रनसहित ३ विकेट लिएका विजयी टिमका सञ्जय धिमाल उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै तेस्रो खेलमा मेचीनगर–८लाई ३६ रनले पराजित गर्दै कनकाई एभेञ्जर्स विजयी भएको हो ।
११९ रनको लक्ष्य पछ्याएर जवाफमा आएको मेचीनगर–८ ८२ रनमा सिमित भएको थियो । खेलमा सर्वाधिक ५० रन बनाएका प्रनिश बिमली उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई प्रतियोगिताका सचिव मनिष गिरीले नगद पुरस्कारसहित मेडल प्रदान गरेका थिए ।
त्यस्तै प्रतियोगिताको सेमीफाइनलअन्र्तगत सोही दिन सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा अर्जुनधारा क्रिकेट टिमलाई ४६ रनले पराजित गर्दै रातेखाल क्रिकेट टिम विजयी भएको हो ।
१०२ रनको लक्ष्यलाई पछ्याएर जवाफमा आएको अर्जुनधारा ५५ रनमा सिमित भएको थियो । खेलमा सर्वाधिक रन ४२ बनाउने विजयी टिमका अर्जुन डाँगी उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई प्रतियोगिताका आयोजक रातेखाल युवा क्लबका सचिव विजय राईले नगद पुरस्कारसहित मेडल प्रदान गरेका थिए ।
प्रतियोगिताको अन्तिम सेमीफाइनल खेल भोलि(शनिबार) कनकाई एभेञ्जर्स र बिर्तामोड राइजिङ–११बीच हुने बताइएको छ । यता प्रतियोगिताको फाइनल खेल पनि शनिबार दिँउसो हुने खेलतालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here