पूर्वाञ्चल इनभेष्टमेन्ट एण्ड डेभलभमेन्ट प्रालिको अधिवेशन सम्पन्न

0
22

बिर्तामोड, बिर्तामोड–२ स्थित पूर्वाञ्चल इनभेष्टमेन्ट एण्ड डेभलभमेन्ट प्रालिको १८औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा भएको सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । ज्येष्ठ सदस्य तर्फ डिल्लीराम सिटौला र वकिलबहादुर कार्की तथा उत्कृष्ट लगानी एवम् बचतकर्ता तर्फ गोपालचन्द कार्की क्षेत्रीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कम्पनीका सल्लाहकार संयोजक गिरीले कम्पनीको प्रगति प्रति प्रशंसा व्यक्त गर्दै लगानीका नयाँ सम्भावनाहरु बारे बताएका थिए । कम्पनीको अधिकृत पुँजी र जारी पुँजी पाँच करोड रहेको तथा चुक्ता पुँजी तीन करोड २० लाख १९ हजार रहेको त्यस अवसरमा जानकारी दिइयो ।
संस्थाको जगेडा कोषमा दुई करोड ७३ लाख ९५ हजार पाँच सय ३५ रुपैयाँ रहेको बताइएको छ । अध्यक्ष सिटौलाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक ज्ञानुनाथ मैनाली र अडिट रिपोर्ट डम्बरबहादुर देउजाले प्रस्तुत गरेका थिए ।
अधिवेशनले आगामी कार्यकालका लागि नारायण काफ्लेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । संस्थाको सञ्चालकहरुमा केशवप्रसाद ओझा, रामकुमार बुढाथोकी, डम्बरबहादुर देउजा, नरहरि न्यौपाने, ज्ञानुनाथ मैनाली र रुपक दाहाल रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा भीमबहादुर गिरी र सदस्यहरुमा बासुप्रसाद त्रिताल र ज्ञानबहादुर पौडेल चयन भएका छन् ।
रामप्रसाद सिटौलाको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनमा निर्वाचनको प्राविधिक प्रक्रिया पूरा गरेको थियो । नवनिर्वाचित अध्यक्ष काफ्ले प्रतिबद्धता मन्तव्य राखेका थिए । निर्वाचन समितिमा युवराज दाहाल, जगन्नाथ खनाल, साम्भनाथ भण्डारी र खगेन्द्र पोखरेल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here