पूर्वेली न्युजका सञ्चालक दाहाललाई पितृ शोक

0
37

झापा । पूर्वेली न्युजका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालको परिवारमा शोक परेको छ। उनका पिता गोपिरमण दाहालको ६८ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

परिवारका अनुसार गोपिरमण दाहाल लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए। पछिल्लो समय स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारकै क्रममा शनिबार राति उनको देहावसान भएको हो।

स्वर्गीय दाहालका दुई छोरा सुरेशचन्द्र र योगेश तथा एक छोरी छन्। उनको पार्थिव शरीरको आजै सुनसरीको इटहरीस्थित बुढीगंगा–जमुना मुक्ति घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here