कलभर्ट निर्माण उपभोक्ता समिति गठन

0
39

बिर्तामोड ।

बिर्तामोड -९ स्थित चन्द्रमार्गबाट पश्चिम ठुटेवर जोड्ने सडकमा निर्माण हुन लागेको कलभर्ट निर्माण उपभोक्ता समिति गठन गरिएको छ।

जेष्ठ नागरिक गौरीप्रसाद घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष हरिप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा भएको स्थानीयबासीको एक भेलाले कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सात सदस्यीय कलभर्ट निर्माण उपभोक्ता समिति गठन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा शिवकुमार बस्नेत, सचिवमा करण घिमिरे, कोषाध्यक्षमा कल्पना श्रेष्ठ रहेका छन्। त्यस्तै सदस्यहरुमा वीरबहादुर बुढाथोकी, लेखनाथ पोखरेल र मीना पाण्डे ओली रहेका छन्।

त्यसैगरी रमेश कार्की र प्रेमप्रसाद भण्डारी सदस्य रहेको भोलानाथ पौड्यालको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरिएको छ।

बिर्तामोड नगरपालिका वडा नं. ९ बाट विनियोजित सात लाख रुपैयाँको लागतमा कलभर्ट निर्माण हुन लागेको जनाएको छ। भेलामा वडा सदस्यहरु संगीता सिवा, सल्पना राजबंशीको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here