विराटनगर,

मोरङको विराटनगर महानगरपालिका–१७ बाट १०४ ग्राम ब्राउनसुगर सहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षीय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षीय राजकुमार साह र २० वर्षीय रोशन कुमारको साथबाट १०४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























