सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुनसरीको आयोजना तथा नेसनल प्याब्सन गढीको सहआयोजनामा पूर्व-प्राथमिक शिक्षकहरूलाई सशक्तिकरण प्रशिक्षण तथा दुई दिने कार्यशाला तालिम बर्जु तालमा रहेको थारु संग्रहालयमा सम्पन्न भएको छ।
शनिबार नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले उद्घाटन गरेको तालिम नेसनल प्याब्सन सुनसरीका अध्यक्ष खगेन्द्र केसीको अध्यक्षता सम्पन्न भएको हो। शिक्षकहरूलाई नवीनतम् शिक्षण विधिहरू र प्रविधिहरूको प्रयोगमा दक्ष बनाउने र विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूको भूमिका सुदृढ गर्ने उद्देश्य रहेको कार्यबाहक अध्यक्ष खनालले बताए।

कार्यक्रमको दोश्रो दिन नेसनल प्याब्सनको २८औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गर्दै शुरु भएको थियो। शैक्षिक स्तरलाइ नयाँ धार प्रदान गरिने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक नेसनल प्याब्सन सुनसरीका अध्यक्ष खगेन्द्र केसीले जानकारी दिए।
तालिममा सहभागी शिक्षक–शिक्षिकाहरूका अनुसार यस्ता तालिमहरूले विद्यालयमा अध्यापन कार्यलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने बताउदै अध्यापनका लागि अत्यन्त उपयोगी हुने प्रतिक्रिया दिएका छन्। तालिममा सहयोगीको भूमिकामा रहेको संगम बुकले यस्ता खालका कार्यक्रमहरुलाई निरन्तर सहयोग गर्दै आएको छ।

संगम बुकका डाइरेक्टर तथा नेल्टा महासचिव रबिन्द्र बरालले नेसनल प्याब्सन जस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित भएको भन्दै आगामी कार्यक्रमहरुमा पनि सहयोग गर्ने उल्लेख गरेका छन्। तालिमको सहजीकरण चन्द्रकला घिमिरेले र लक्ष्मी ढुंगानाले गरेका थिए भने २० भन्दा बढी बिद्यालका ७० जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेश सदस्य सन्तोष कुमार राई,नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरी नेसनल प्याब्सनका सदस्यहरु बिदुर बराल,अभिषेक घिमिरे लगायतको उपस्थिथि रहेको थियो भने कार्यक्रमको संयोजन तथा संचालन सुरेन्द्र चौधरीले गरेका थिए।































