बिर्तामोडमा बिद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श

0
57

बिर्तामोड ।

मारवाडी सेवा समिति बिर्तामोडले एक दिने बिद्यार्थी–अभिभावक शैक्षिक परामर्श कार्यक्रम अन्तरगत ‘नयाँ दिशा’ को आयोजन गरेकोछ।

बिर्तामोडस्थित अग्रसेन भवनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बिजय कुमार गोयलको अध्यक्षता तथा कार्यसमिति सदस्य पंकजकुमार मितलको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव गौरीशंकर गुप्ता टिन्कुले गरेका थिए।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका करिव ७० जना बिद्यार्थीसहित दुई सयभन्दा धेरै अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा डा. अजय अग्रवाल, डा. सन्ध्या राठी, सिए डिम्पल जोशी, बिष्णु सिङल, राजिव जैन, मिलेश अग्रवाल, जानवी खेडिया, एकता बंशल लगायतले विभिन्न विधामा विद्यार्थी तथा अभिभावकहरुलाई मार्गदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई नैतिक शिक्षादेखि अभिभावकले गर्नु पर्ने काम र कर्तत्यको विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण प्रियङ्का झवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here