झापाली समाज यूकेको अध्यक्षमा टंक भट्टराई

0
52

लण्डन,

झापाली समाज यूकेले नयाँ कार्यसमिति गठन गरेको छ । आइतबार सम्पन्न समाज यूकेको साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की चयन भएका छन्। त्यसैगरी महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव कन्दङ्वा, कोषाध्यक्षमा छवि कार्की र सह–कोषाध्यक्षमा कृष्ण फेम्बो निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन. घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चयन भएका छन्।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ। साथै पूर्व काउन्सिलर धन गुरुङ, पूर्व अध्यक्ष अर्कराज तिम्सिना तथा झापाली समाज आईसीसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकको जिम्मेवारी दिइएको छ।

साधारणसभामा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष अर्क तिम्सिनाले गर्नुभएको थियो भने सञ्चालन देबी प्रसाद गौतमले गर्नुभएको थियो। नवगठित कार्यसमितिले आगामी दुई वर्षभित्र समाजका कार्यक्रम, सदस्यता व्यवस्थापन तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here