मोरङ ।

मोरङको विराटनगर महानगरपालिका–४ बाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को ३७ प ३३६६ नम्बरको मोटरसाईकलमा शंकास्पद अवस्थामा रहेका सुनसरी भोक्राहानरसिंह गाउँपालिका–५ का ३५ बर्षीय सुदिन मन्सुरीलाई एक सय ४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उता इटहरी–५ का ५० बर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाईट्राजाम ४ सय ६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३ सय ३६ क्यापसुल सहित पक्राउ गरेको छ ।































