बीएण्डसीमा अत्याधुनिक ‘डर्मटोलोजी’ सेवा सञ्चालन

0
26

बिर्तामोड ।
बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले पूर्वाञ्चलमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त छाला रोग उपचार सेवा सुरु गरेको जनाएको छ ।

अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी छाला, कपाल, नङ तथा म्यूकोसल डिसअर्डरसम्बन्धी रोगको उपचार र रोकथामका लागि अत्याधुनिक उपकरणसहित सेवा सुचारु गरिएको जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार सेवा विगत ६ महिनादेखि प्रारम्भ गरिएको भए पनि अत्याधुनिक उपकरणसहित एक महिनाअघिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

उनका अनुसार सो सेवा बिमामार्फत पनि लिन सकिनेछ । हाल अस्पतालमा दैनिक १०० जनाभन्दा बढी बिरामीले ‘डर्मटोलोजी’ सेवा लिइरहेका छन् । उक्त सेवा बीएण्डसी हस्पिटलको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ ।

डा. अनिल तिम्सिनाको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ । गिरीले यसअघि छाला रोग उपचारका लागि भारत वा नेपालका अन्य सहर जानुपर्ने बाध्यता अब हटेको उल्लेख गर्दै झापाकै बिर्तामोडमा गुणस्तरीय सेवा उपलब्ध भएको बताए ।

अस्पतालका अनुसार नयाँ तथा अत्याधुनिक उपकरण भित्र्याइएपछि बिरामीहरू उत्साहित भएका छन् र सेवा प्रभावकारी बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here