सुन्दरहरैचा (मोरङ),

मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा अवस्थित लालिगुराँस इङ्लिस एकेडेमीले सरस्वती पूजा धुमधामसंग मनाएको छ। आज सरस्वती पूजाको दिन नया भर्ना हुने नानीबाबुहरुलाई भौतिक साधन बाहेक अरु सबै छुट रहेको लालिगुराँस इङ्लिस एकेडेमीका प्रिन्सिपल दिपक सुब्बाले जानकारी दिए।
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमको विशेष अवसरमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना हुने विद्यार्थीहरुका लागि निःशुल्क भर्ना ,निःशुल्क रजिस्ट्रेस,उपहार स्वरुप मायाको चिनो,सिरामिक कप र टि-सर्ट वितरण गरिएको प्रिन्सिपल दिपक सुब्बाले बताए।
साथै,अभिभावकहरूलाई मायाको चिनो स्वरूप सिरामिक कप नि : शुल्क वितरण गरिएको उनले बताए। सरस्वती पूजाकै अवसरमा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण,वार्षिक शिक्षक तथा शिक्षिका सम्मान,विद्यार्थीहरूद्वारा आफूमा निहित प्रतिभाहरू प्रस्तुत र उत्कृष्ट नृत्य प्रदर्शन गरेको एकेडेमीले जनाएको छ।
२०५० सालमा स्थापना भएको र आफू विगत २७ बर्ष देखि यस एकेडेमीमा प्रिन्सिपलको रुपमा कार्यरत रहेको र आगामी दिनहरुमा पनि हाम्रा अभिभावकहरुको सल्लाह सुझाव अनुसार नै अगाडी बढ्ने उनले प्रतिबद्धता ब्यक्त गरे। एकेडेमीले समयसापेक्ष शिक्षण–सिकाइमा प्रविधिको प्रभावकारी प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधार गर्दै आएको छ ।
विद्यालयले भौतिक पूर्वाधार निर्माणसँगै कक्षा शिक्षणमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको शिक्षक बालकुमार ओझाले बताए। एकेडेमीले शैक्षिक गुणस्तर र नवप्रविधिमा अग्रसर बन्दै विद्यार्थीहरूको मन जित्दै आएको छ।
साथै,सरस्वती पूजाको अवसरमा एकेडेमीलाई सहयोग तथा शिक्षाक्षेत्रमा योगदान पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै पूर्वाञ्चल दैनिकका पत्रकार योगेन्द्र योगीलाई सम्मान गरेको छ ।






























