लेनको ५० मिटर चौडाईको सडक निर्माणका लागि डेलिगेसन

0
2

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजार क्षेत्रमा ६ लेनको ५० मिटर चौडाइको सडक निर्माणका लागि सम्बन्धित सडक कार्यालय इटहरीमा पथरी शनिश्चरेका राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले डेलिगेशन गएको छ ।

आइतबार सो टोलीले काँकरभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीसँग भेटघाट गरी आवश्यक छलफल गरेको हो ।

छलफलका क्रममा पथरी बजार क्षेत्रको बढ्दो सवारी चाप, शहरी विकासको अवस्था तथा दीर्घकालीन पूर्वाधार विकासलाई ध्यानमा राख्दै ६ लेनको फराकिलो सडक निर्माण अत्यावश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको वडा नं. १ का अध्यक्ष भीम राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here