एमाले झापा २ मा निर्वाचन परिचालन समिति गठन

0
9

झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। २ मा नेकपा ९एमाले०ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

विर्तामोडमा सोमबार क्षेत्रीय कमिटी बैठकमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । निर्वाचन परिचालन समितिको सहसंयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा बद्रि भट्टराई चयन भएका छन् ।

निर्वाचन परिचालन समितिमा क्षेत्र नं। २ भित्र रहने प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, क्षेत्र नं। २ भित्र रहने प्रदेश विभाग तथा सल्लाहकारहरू, झापा जिल्ला लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा २ क्षेत्रीय र प्रदेश क्षेत्रीय कमिटीका पदाधिकारी सदस्यहरू, झापा जिल्ला सल्लाहकार र विभाग सबै, विर्तामोड र अर्जुनधारा नगरपार्टी कमिटी र कन्काई तथा बुद्धशान्तिको यो क्षेत्र अन्तर्गत पर्ने वडाबाट प्रतिनिधित्व गर्ने पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा क्षेत्र नं २ अन्तर्गत पर्ने २५ वटै वडाकमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गीय संगठन ९केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा० का सबै पदाधिकारी तथा सदस्यहरू, नेकपा एमाले बाट यस भूगोलमा निर्वाचित सबै जनप्रतिनिधिहरू र निर्वाचन क्षेत्रका पार्टी सदस्य सबै रहेका छन् ।

निर्वाचन रणनीति निर्माणका लागि क्षेत्र स्तरीय स्टेरिङ कमिटी समेत गठन गरिएको छ ।

सचिवालयमा संयोजक एकराज कार्की, सल्लाहकार संयोजक हरिचरण सिवाकोटी, आर्थिक संयोजक चिन्तन पाठक तथा केन्द्रीय सदस्य एलिसा गौतम रहेका छन् । त्यसैगरी जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी, जिल्ला उपसचिव अनिता कन्दङ्वा, क्षेत्रीय संयोजक बद्री भट्टराई र प्रदेश सभा सदस्य कमला थापा मगर सचिवालयका सदस्य छन् ।

स्थानीय सरकारको तर्फबाट बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, बिर्तामोड उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुलीलाई समेत सचिवालयमा समेटिएको छ ।

बैठकले निर्वाचनलाई व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न विषयगत समितिहरू पनि गठन गरेको छ ।

यस अन्तर्गत सल्लाहकार समिति, अनुगमन तथा निरीक्षण समिति, आर्थिक परिचालन समिति, प्रतिवद्धता पत्र तयारी समिति, सञ्चार संयन्त्र गठन तथा परिचालन समिति र प्रचार सामग्री सम्पादन समिति गठन गरिएको छ ।

यसका साथै अन्य राजनीतिक दलहरूसँग संवाद, सहकार्य र समन्वयका लागि ‘विपक्षी पार्टीसँगको समन्वय तथा साझेदारी सहजीकरण समिति’ पनि बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here