अन्तरपालिका यु–१८ फुटबल प्रतियोगितामा कनकाई विजयी

0
3

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को सोमबार सम्पन्न खेलमा कनकाई नगरपालिका विजयी भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा बा¥हदशी गाँउपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै कनकाई विजयी भएको हो । कनकाईको जीतका लागि खेलको चौथो, १९औं र ७८औं मिनेटमा महसुस चौधरी, तिलबहादुर गुरुङ र क्षीतिजबाबु प्रसाईंले गोल गरेका थिए । यता बा¥हदशीको लागि खेलको छैटौं र २२औं मिनेटमा हृतीक मगरले दुवै गोल गरेका थिए ।

खेलमा निर्णायक गोल गर्ने विजेता टिमका क्षीतिजबाबु प्रसाईं खेलको उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाललगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो ।

आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए । प्रतियोगिताअन्र्तगत भोलि(मंगलबार)को खेल दिँउसो २ः३० बजे शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाँउपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here