भारतीय गोर्खा भूपू सैनिक संघको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

0
2

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

भारतीय गोर्खा भूतपूर्व स‌ैनिक संघ, बिर्तामोडले भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा संघले सिके चिन्तन प्रतिष्ठानको सभाहलमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

भारतीय गोर्खा भूपू सैनिक संघ बिर्तामोडका अध्यक्ष शेरबहादुर मादेनको अध्यक्षता तथा मेजर श्यामबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवान राईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि मेजर श्यामबहादुर गुरुङले भारतले नेपालीलाई गोर्खा सैनिकको रुपमा सम्मानजनक रोजगारी प्रदान गरेर जीवनयापनमा सहज बनाउन सहयोग पुरयाएकोले पनि भूपू सैनिकहरुले यस दिनलाई सम्झने गरिएको बताए।

भारतीय गोर्खा भूपू सैनिक संघ,बिर्तामोडका अध्यक्ष मादेनले संस्थामा आबद्ध सदस्य आफ्नो सेवासुविधाप्रति चनाखो भएर दुःख सुखका अनुभव बाड्दै समाज सेवामा सक्रिय हुन आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि मेजर श्यामबहादुर गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ झापाका अध्यक्ष सलबहादुर गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ, बिर्तामोडका निवर्तमान अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, बिर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले संस्थाले सदस्यको हितमा गरेको कार्यको प्रशंसा गर्दै अझ सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संघमा आबद्ध १६ जना नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो। वि.सं.२०७० सालमा स्थापित संस्थामा हाल चार सय बढी आजीवन सदस्य रहेका छन्।

भूपू महिला संघकी अध्यक्ष लीला थापा मगरको नेतृत्वमा स्वागत नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तारामणि श्रेष्ठले गरेका थिए। कार्यक्रममा सैनिक सेवाका विभिन्न पदका अवकाशप्राप्त भूपू सैनिकहरुको आतिथ्य रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here