अन्तरपालिका यु–१८ फुटबल प्रतियोगितामा बुद्धशान्ति विजयी

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को मंगलबार सम्पन्न खेलमा बुद्धशान्ति गाँउपालिका विजयी भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शिवसताक्षी नगरपालिकालाई सडन डेठमा ६–५ गोल अन्तरले पराजित गर्दै बुद्धशान्ति विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथबाट भएको थियो । टाइबेकरमा पनि दुवै टिमबाट ३–३ गोलको बराबरी भएको थियो ।

विजयी टिम बुद्धशान्तिका गोलरक्षक रीजन ल्वागुन खेलको उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियास्थित एनपेनाङ फुटबल क्लबका सञ्चालक नेत्रनारायण श्रेष्ठ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए ।

उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो । आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

प्रतियोगिताका सहआयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय दीपक ढुंगाना र बिमला प्रधानले गरेका थिए ।

प्रतियोगिताअन्र्तगत भोलि(बुधबार)को खेल दिँउसो २ः३० बजे अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here