कमल ।

झापाको कमल गाउँपालिकामा पालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
कमल ५ स्थित आदिबासी रङ्गशालामा आज बाट सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको आगामी माघ १७ गते सम्पन्न हुनेछ । प्रतियोगिताको अन्तरगत आज पहिलो दिन एथलेटिक्स तर्फका सबै खेल बिहान ११ बजे देखि र भलिबल तर्फका सबै प्रतियोगिता दिउसो १२ बजे देखि आदिवासी रंगशालामा शुरु भएका छन् ।

त्यसैगरी कबड्डि तर्फका सबै खेल माघ १६ गते बिहान ९ बजेदेखि आदिवासी रंगशालामा हुने शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै तेक्वान्दो तर्फमा सबै खेल माघ १६ गते बिहान १० बजेदेखि र कराँते तर्फमा सबै प्रतियोगिता माघ १७ गते बिहान ९ बजेदेखि कमल ५ स्थित मङलमय माध्यमिक विध्यालयको प्राङगणमा हुने अधिकृत गौतमले बताउनुभयो ।



























